यो हप्ता नेप्सेमा ४७ लाख कित्ता शेयर सूचीकृत
३० जेष्ठ २०८३, शनिबार ०८:२२

काठमाडौं । यस हप्ता नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ।
जेठ २५ गते कम्पनी र नेप्सेबीच १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख कित्ता शेयर सूचीकृत गर्ने सम्झौता भएको हो।
यसअन्तर्गत सर्वसाधारणमा वितरण गरिएको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र संस्थापक शेयरधनीले लगानी गरेको ३२ लाख ९० हजार (७० प्रतिशत) शेयर सूचीकृत भएको हो।












