दोर्दी खोला जलविद्युतको विशेष साधारणसभा स्थगित

१ असार २०८३, सोमबार १५:३४

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज असार १ गते ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान बोलाएको विशेष साधारणसभा स्थगित भएको छ। कम्पनी ऐन बमोजिम गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो।

सभामा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिने र यसअनुसार कम्पनीले ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरका ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद शेयर निष्काशन गरिने मुख्य एजेण्डा रहेको थियो।

विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिँदा दशमलवमा शेयर संख्या आएको कारण कम्पनीले नजिकको पूर्ण अंकमा मिलान गरी ६० लाख ८२ हजार ५५० कित्ता शेयर निष्काशन गर्ने र हकप्रद शेयर निष्काशनका लागि आवश्यक पर्ने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव थियो।

साथै नियामक निकायको निर्देशन वा सुझावअनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न तथा हकप्रद निष्काशन प्रक्रियामा कुनै बाधा–अड्चन आए समाधान गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव समावेश थियो।

विशेष साधराणसभाका लागि कम्पनीले जेठ २५ गते एक दिन बूक क्लोज गरिसकेको छ। सञ्चालक समितिको बैठक बसी अर्काे सूचना नआउन्जेलसम्मका लागि सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*