गणपति लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत स्तर र सहायक स्तरमा दरखास्त आवेदन खुलाएको हो।
कम्पनीले शाखा प्रबन्धक (कनिष्ठ अधिकृत/सुपरीवेक्षक/वरिष्ठ सहायक) र सहायक/प्रशिक्षार्थी सहायक पदमा आवेदन खुलाएको हो। अधिकृतस्तरका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाका लागि भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
तोकिएको अन्य शैक्षिक योग्यता भएका इच्छुक नेपाली नागरिकले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा सहित आगामी १५ दिनभित्र इमेल मार्फत वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।













