आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच
२ असार २०८३, मंगलवार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा कायम हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, सिद्धार्थ बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुंगल हाइड्रो लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसैपछि एसवाई प्यानल नेपाल, दोल्ती पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, सिटि होटल र शिवम् सिमेन्ट्स लिमिटेडको शेयर अधिक किनबेच भएको छ।













