बजारमा गिरावटसँगै पूँजीगत लाभकर संकलन ३७.५ प्रतिशतले घटेर ९ अर्ब ५४ करोडमा सीमित

३ असार २०८३, बुधबार १३:२२

सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम रहेको देखिएको छ। गत आवको उक्त अवधिमा सरकारले पूँजीगत लाभकरबापत १५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो।

चालु आवमा मासिक आधारमा हेर्दा साउन महिनामा सबैभन्दा बढी कर संकलन भएको देखिन्छ जसअनुसार सो महिनामा मात्रै २ अर्ब १५ करोड रुपैयाँ प्राप्त भएको थियो। त्यसैगरी चैत महिनामा पनि १ अर्ब ७३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको तथ्यांक छ।

अन्य महिनाहरूमा भने संकलनमा उतारचढाव देखिएको छ। भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड ५ लाख, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड, फागुनमा ५५ करोड १५ लाख र वैशाखमा ९३ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*