नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोडमै सीमित

३ असार २०८३, बुधबार १५:०५

काठमाडौं । बुधबार नेप्सेमा झिनो अंकको सुधार आएको छ। यस दिन नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा कायम भएको छ।

आज ३५२ कम्पनीहरूको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्से झिनो अंकले बढेको भए तापनि आज ८ वटा उपसूचक राताम्मे भएको छ भने ५ वटा उपसूचक मात्रै बढेको छ। आज १२६ कम्पनीको शेयरमूल्य बढ्दा १३१ कम्पनीको शेयरमूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*