मानुषी लघुवित्तको साधारणसभाबाट जीवन विकास र युनिक नेपालसँग मर्ज हुने प्रस्ताव पारित

१७ असार २०८३, बुधबार १४:२३

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ।

शनिबार काभ्रेको बनेपास्थित होटल उग्रचण्डीमा सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी विशेष प्रस्तावसँगै सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको संस्थाले जनाएको छ।

सभाबाट संस्थाको सञ्चालक समितिमा नियुक्त गरिएका दुई जना सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरिएको छ। मर्जर प्रक्रियालाई कानुनी तथा नियामकीय स्वीकृतिअनुसार अघि बढाइने संस्थाले जनाएको छ।

बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तले हाल १४ जिल्लामा ३६ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९५० रुपैयाँ रहेको छ।

जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँगको प्रस्तावित मर्जरपछि संस्थाको पुँजी आधार, शाखा सञ्जाल, सेवा विस्तार तथा वित्तीय क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*