हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१७ असार २०८३, बुधबार १५:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अकंले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ९५ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
यसदिन एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज स्नो रिर्भसको शेयर मूल्य प्रतिकित्ता ६८.१० रुपैयाँले बढेको हो ।
साथै, सिवाईसी नेपाल लघुत्तिको १४.२२ प्रतिशत, भुजुङ हाइड्रोपावरको १३.९० प्रतिशत, कुथेली बुखरीको ९.७३ प्रतिशतले शेयर मूल्य बढेको हो ।












