बालबालिकालाई सदस्यता दिइएको विषयमा मानव अधिकार आयोगद्वारा रास्वपालाई पत्राचार

१७ असार २०८३, बुधबार १६:०७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ। रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विवरण आएपछि आयोगले पत्राचार गरेको हो।

पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) अनुसार अनुरोध गरिएको’ आयोगले उल्लेख गरेको छ।

आयोगले रास्वपालाई असार १५ गते पत्राचार गरी केन्द्रीय कार्यालयसँग जानकारी माग गरिएको आयोगका सह प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*