म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार जरिवाना

१७ असार २०८३, बुधबार १७:३५

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएपछि ललितपुर महानगरपालिका–३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको बजार अनुगमनका क्रममा अदोरा होल्डिङ्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ठ) विपरीत म्याद गुज्रेका वस्तु प्रयोग गरेको भेटिएको विभागले जनाएको छ।

विभागका अनुसार उक्त कसुर उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) अन्तर्गत प्रमाणित भएपछि दफा ३९(१)(ख) बमोजिम कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी, अनुगमनका क्रममा केही अन्य व्यवसायलाई भने उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ।

निर्देशन पाउने व्यवसायमा काठमाडौं महानगरपालिका–२८, बागबजारस्थित बागबजार स्टोर, ललितपुर महानगरपालिका–४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालि, गोकर्णेश्वर नगरपालिका–५, नयाँवस्तीस्थित एभरेष्ट फ्युल डिष्ट्रीब्यूटर्स, काठमाडौं महानगरपालिका–२९, पुतलीसडकस्थित टेक्नो ट्रेड प्रालि, काठमाडौं महानगरपालिका–३१, देवकोटा मार्गस्थित रुद्र किचेन मार्ट स्टोर तथा मध्यबानेश्वरस्थित प्रिन्स मार्ट प्रालि रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*