इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, अब कुन ठाउँको कति ? (सूचीसहित)

१७ असार २०८३, बुधबार १७:५४

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुका लागि टिकट केही सस्तो भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्जमा कटौती गर्दै नयाँ दर आजदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।

नेपाल आयल निगमले असार १६ गते हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २६९ रुपैयाँबाट २२९ रुपैयाँ कायम गरेपछि प्राधिकरणले सोही आधारमा आन्तरिक उडानतर्फ लागू हुने इन्धन सरचार्ज पुनः निर्धारण गरेको हो। निगमको निर्णयअनुसार हवाई इन्धनको मूल्य करिब १४.८७ प्रतिशतले घटेको छ।

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्जसहितको नयाँ हवाई भाडा आजदेखि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। उनले सबै वायुसेवा कम्पनीलाई नयाँ दरअनुसार टिकट बिक्री गर्न निर्देशन दिइएको जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*