ट्राफिक कारवाहीबाट एकैदिन १८ लाख जरिवाना संकलन
१८ असार २०८३, बिहीबार १०:२५

काठमाडौं । असार १७ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म काठमाडौं उपत्यकामा गरिएको २४ घण्टे ट्राफिक कारवाहीमा १ हजार ७२१ चालक परेका छन् भने उनीहरूबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंका अनुसार मापसेमा ३१ जना, राइड शेयरिङमा ८७ जना, रातो बत्तीमा ७० जना, तीव्र गतिमा ६५ जना, लेनमा ८३ जना, कालो सिसामा ४ जना, नो हर्नमा ५५ जना, वन वेमा ४२ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २८४ जना सवारी चालक कारवाहीमा परेका हुन्।











