आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

१८ असार २०८३, बिहीबार १०:३४

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाले भोलि शुक्रबार र पर्सि शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भई बहने स–साना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने पनि पूर्वानुमान गरेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहान सतर्कता तहभन्दा तल रहेको महाशाखाले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*