सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

१८ असार २०८३, बिहीबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँले बढेर प्रतितोला चार हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*