स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले दिए आवेदन?

१८ असार २०८३, बिहीबार १३:०५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन्। यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्यया, सुमन चन्द्र गुरुङ र महेश सुवेदीले आवेदन दिएका छन्।

प्याकुरेल स्वास्थ्य क्षेत्रको सुधार र बीमालाई बलियो बनाउने अभियानमा सक्रिय व्यक्ति हुन् भने काफ्ले जनस्वास्थ्य अधिकृत हुन्। उपाध्याय बोर्डकी पूर्व सदस्य हुन् भने गुरुङ जनस्वास्थ्यकर्मी हुन्।

यता स्वास्थ्य बीमा बोर्डकै कार्यकारी निर्देशकको पदका लागि भने १२ जना आवेदकले दरखास्त आवेदन दिएका छन्। यसरी आवेदन दिनेहरूमा राधेश्याम गिरी, होमनाथ गैरे, रोशन कुमार महतो, सुमन चन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत रहेका छन्।

त्यसैगरी गंगा प्रसाद जोशी, राजेन्द्र कुमार पोख्रेल, बिमला भट्ट, पारस अधिकारी, प्रमोद कुमार यादव र दिपेन्द्र कुमार यादवले पनि कार्यकारी निर्देशको पदका लागि आवेदन दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*