आज यी कम्पनीमा ओइरिए लगानीकर्ता

१८ असार २०८३, बिहीबार १५:०६

काठमाडौं । बिहीबार नेप्से ८.७८ अंकले वृद्धि हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

आज ३५९ सूचीकृत कम्पनीहरूको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच भएका छन्। जसमध्ये लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै कारोबार भएको छ।

१०% एनआईसी एशिया डिबेन्चर २०८५/८६, रिलायन्स स्पिनिङ मिल्स, १०.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५ र नबिल बैंक लिमिटेडको शेयरमा पनि लगानीकर्ता झुम्मिएका छन्।

त्यसपछि १०.७५% एसबिएल डिबेन्चर २०८९, ८.५% एसबिएल डिबेन्चर २०८४, ग्लोबल आइएमई बैंक, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र साहस ऊर्जाको शेयरमा पनि लगानीकर्ताको ओइरो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*