४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
१८ असार २०८३, बिहीबार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज अप्पर लोहोरे खोला, कांलगा हाइड्रोपावर, स्नो रिभर्स र सानगाड हाइड्रोको शेयरमा सर्किट लागेको छ ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












