माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदै
१९ असार २०८३, शुक्रबार ०७:१२

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदैछ ।
कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८स्३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।











