कर्जा बीमा बापत एनआईसी एशिया लघुवित्तद्वारा १ लाख ३५ हजार भुक्तानी
१९ असार २०८३, शुक्रबार १४:३२

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको परिवारलाई कर्जा बीमा बापत १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको छ।
संस्थाको मधेस प्रदेशअन्तर्गत शाखा कार्यालय ईश्वरपुरको केन्द्र नं. ०३६ की सदस्य शैल कुमारी दासका श्रीमान् फेकन दास तत्माको असामयिक निधन भएपछि काजकिरिया खर्च तथा कर्जा बीमा सुविधाअन्तर्गत उक्त रकम उपलब्ध गराइएको हो। शाखा प्रमुख खुश्वु कुमार रामले शैल कुमारी दासलाई एकमुष्ट १ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।











