गोकर्णेश्वरबाट ३९ लाख रुपैयाँसहित एक युवक पक्राउ

१९ असार २०८३, शुक्रबार १६:२३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेलो पुलबाट स्रोत नखुलेको नगद ३९ लाख ४१ हजार ६२० रूपैयाँ सहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका २३ वर्षीय मनमोहन साह कलवार रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*