बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, १७ जना घाइते
१९ असार २०८३, शुक्रबार १७:४०

काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित १७ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा घाइतेहरूको उद्धार तथा उपचारका लागि अस्पताल पठाउने कार्य भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।











