सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त बनाउने बालेनको निर्णय

१९ असार २०८३, शुक्रबार १९:३१

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहको अध्यक्षमा आज बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको संवैधानिक परिषदको बैठकले हाल सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा कार्यरत रहेको कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तीका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषदको अध्यक्षको बैठकमा विपक्षी दलका नेता, सभामुख, उप सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा प्रधानन्यायाधीश समेतको उपस्थितिमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको हो ।

त्यसैगरी, आयुक्तहरुमा पूर्व डिआईजी डा. राजिव सुब्बा र निर्वाचन आयोग समेतमा काम गरेका नेपाल सरकार कानुन समुहका पूर्व कर्मचारी गुरु वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका कार्कीले अब रजिष्ट्रार पदबाट राजिनामा गर्नुपर्नेछ भने तीन वटै पदमा संसदीय सुनुवाई सकिएपछि नयाँ नियुक्ती लिनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*