रास्वपाको सरकार १०० दिन पुरा, हेरौं उपलब्धी के के छन् ?

काठमाडौं । भ्रष्टाचार र कुशासनको दलदलमा डुबेका कांग्रेस, एमाले र माओवादीबाट आजित भएका जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमतसहित सरकार चलाउन दिएको आज एक सय दिन पुरा भएको छ ।
१०० दिन पुरा भएको अवसरमा सरकारले आफूले गरेका कामहरुको उपलब्धीको एउटा सूचि सार्वजनिक गरेको छ । जसमा उल्लेख गर्न लायक र नतिजामुखी काम खासै नभए पनि कर्मचारीहरुलाई कारवाही गरिएको, भ्रष्टाचारीहरुका विरुद्धमा सरकार निर्मम भएर प्रस्तुत भएका, सम्पत्ति शुद्धिकरण गर्ने र कालोधन कमाउनेहरुका विरुद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो काण्डको छानविन गरेका बिषयहरुलाई सरकारले उपलब्धीका रुपमा सार्वजनिक गरेको छ ।
शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ सरकार गठन भएदेखिको १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
सरकारले आफ्नो १०० दिनको उपलब्धीमा भ्रष्टाचार विरूद्ध कठोर कदम चालेर उनीहरुको मनोबल गिराउने कार्य गरेको, वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणको कसुरलाई कानुनी दायरामा ल्याइएको बिषय राखिएको छ ।
सरकारले गरेका राम्रा कामहरुको सूचिमा त्रिभुवन विश्व विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि विदेश गएर ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुबाट करोडौं रुपैयाँ असुल्न सफल भएको छ । सट्टेबाजी एप बन्द गर्ने गराउने सम्बन्धमा भए गरेका निर्णयहरु आज प्रभाव नदेखिए पनि भविष्यमा नागरिक ठगिनबाट जोगिने यथार्थ हो । त्यस्तै, नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्ने निर्णयहरुको कार्यान्वयन सुरु भएको छ ।
रोचक कुरा चाही के छ भने मानव अधिकार सम्बन्धी घोषणा पत्र १९४८ का धाराहरु उल्लंघन गर्दै सुकुम्बासीहरुलाई विस्थापन गरेको सरकारले राम्रो काम गरेको भन्दै स्वप्रसंशा १०० दिनको सूचिमा समावेश छ ।
हेरौं सरकारको १०० दिनका उपलब्धीको पूर्णपाठ











