घट्यो सुनको मूल्य, अब आइतबार प्रतितोला कति ?
२१ असार २०८३, आईतवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यता, सुनको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको हो ।











