स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सो मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूका लागि आचारसंहिता जारी भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट असार १० गते स्वीकृत भएसँगै आचारसंहिता जारी भएको हो।
आचारसंहितामा मन्त्रालयको मूल्य र मान्यता तथा उद्देश्यप्रति प्रतिवद्ध रही इमान्दारिता, कर्तव्यपरायण, सदाचारिता, व्यवसायिकता–कार्यशैली र व्यवहार, निष्पक्षता, राजनैतीक तटस्थता, डिजिटल प्रणाली–कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको मर्यादित प्रयोग, सेवा प्रवाह र सेवाग्राहीको गुनासो व्यवस्थापन जस्ता विषयहरूमा आचारसंहिता तोकिएका छन्।
आचारसंहितामा कार्यालयको काममा बाहेक र बिदामा अनुमति प्राप्त नगरी सरकारी सवारी साधन चलाउन नपाइने, कार्यालय समयमा निजी कामका लागि सामाजिक सञ्चालन प्रयोग गर्न नपाइने, राजनैतिक रूपमा तटस्थ रहनुपर्ने, कार्यालयबाट हुने खरीदमा आफन्त, नातेदारलाई दिन नपाइने जस्ता व्यवस्था गरिएका छन्।











