ऊर्जा मन्त्रालयले १०० दिनमा गर्यो ७५ काम, यस्तो छ प्रगति विवरण
२१ असार २०८३, आईतवार ११:०१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले उक्त प्रगति विवरणमा सरकार बनेबाट ७५ वटा काम गरेको उल्लेख गरेका छन्।
विवरणमा विधेयकको मस्यौदा तयार गरिएको, रणनीति बनाइएको, समीक्षा प्रतिवेदन तयार गरिएकोदेखि २५ जना जेनजी शहीदका परिवारलाई विद्युत प्राधिकरणमा रोजगाारी दिएको विषय उल्लेख गरिएको छ।











