डोल्पा बाढीमा गम्भीर घाइते महिलालाई सेनाको हेलिकप्टरबाट सुर्खेत रिफर
२१ असार २०८३, आईतवार १५:०७

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा गम्भीर घाइते भएकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ।
बाढी घरहरूमा प्रवेश गर्दा ४४ वर्षीया रेउली विकको कम्मरभन्दा तलको भागमा गम्भीर चोट लागेको थियो। स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको हो।
बाढीबाट प्रभावित परिवारहरूको राहत तथा व्यवस्थापनको काम सम्बन्धित निकायहरूले अघि बढाइरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत वितरण तथा क्षतिको विवरण संकलनको कार्य पनि जारी रहेको जनाइएको छ।











