वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३९ लाख ठगी गर्ने दुई पक्राउ

२१ असार २०८३, आईतवार १५:३१

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पन्तले एक जना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी खत्रीले दुबई पठाइदिने भन्दै छ जनाबाट २३ लाख रुपैयाँ उठाएको आरोप छ। रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीमा नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा चलान गरिएको छ।

यसैबीच, देशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। नियमित गस्ती तथा विशेष चेकजाँचका क्रममा काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*