बीमा सचेतना बढाउन प्राधिकरण सक्रिय, डडेल्धुरा–बैतडीमा सरोकारवालासँग अन्तरक्रिया

२१ असार २०८३, आईतवार १५:५३

काठमाडौ । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी (कैलाली) को आयोजनामा डडेल्धुरा र बैतडीमा बीमा अभिमुखीकरण, प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्राधिकरणका अनुसार असार १९ र २० गते आयोजित कार्यक्रममा डडेल्धुरा जिल्लास्थित नेपाल प्रहरी, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी, यातायात व्यवसायी, महिला उद्यमी तथा विभिन्न बीमा कम्पनी (बीमक) का शाखा प्रमुख र कर्मचारीलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

यस्तै, कार्यक्रममा बैतडी जिल्लामा सञ्चालनमा रहेका विभिन्न बीमा कम्पनीका शाखा तथा उपशाखा कार्यालय प्रमुखहरूको पनि सहभागिता रहेको प्राधिकरणले जनाएको छ।

कार्यक्रममा बीमाप्रतिको जनचेतना अभिवृद्धि, बीमा सेवाको विस्तार, बीमा क्षेत्रका समसामयिक विषय तथा सेवाग्राहीमैत्री सेवा प्रवाहका विषयमा अभिमुखीकरण, प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*