एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड

२१ असार २०८३, आईतवार १७:२९

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो भदौ ९ देखि १४ गते सम्म ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ।

सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको भव्य प्रदर्शनीको १८औं संस्करण एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ आयोजना गरिने भएको हो।

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो। आज असार २१ गते नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू एवं सम्पूर्ण सहभागी कम्पनीहरूका प्रतिनिधीको उपस्थितिमा गोला प्रथा मार्फत स्टल बाँडफाँड गरिएको हो।

१९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पांग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल बाँडफाँड गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*