ट्राफिक जरिवानाबाट एकैदिन साढे १० लाख राजस्व संकलन
२२ असार २०८३, सोमबार १०:०८

काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको चौबीस घण्टे ट्राफिक जरिवानाबाट १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक नियम मिच्ने २ हजार १७६ जना चालकबाट उक्त जरिवाना उठेको हो।
मापसे गर्ने ८१ जना, अफलाइन राइड शेयरिङ गर्ने १०१ जना, रातो बत्तीमा १५९ जना, तीव्र गतिमा २०२ जना, लेनमा ९२ जना, सडक फुटपाथ पार्किङमा ११० जना, नो हर्नमा ११० जना, वन वेमा ६६ जना र अन्यमा १२५५ जना चालक कारवाहीमा परेका हुन्।











