३ कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीको सर्वाधिक बढ्यो
२२ असार २०८३, सोमबार १५:१६

काठमाडौ । शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९अकंले घटेर २६२७.११ बिन्दुमा कायम भएको हो ।
आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको हो ।
आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज स्नो रिर्भस, सानिगाड हाइड्रो र कांलगा हाइड्रोको शेयरमा सर्किट लागेको हो ।












