मुलुकको राष्ट्रियता गम्भिर अप्ठेरोतर्फ, काठमाडौंमा खुलेआम चीन विरोधी गतिविधि

नबराज न्यौपाने
काठमाडौं । पुराना दलहरुलाई विस्थापन गर्ने नाममा जथभावी सत्ता सञ्चालन गर्दै आएको वर्तमान बालेन्द्र शाह नेतृत्व सरकारको खुला गतिविधिका कारण मुलुकको राष्ट्रिय इतिहासकै जटिल र गम्भिर खतरातर्फ उन्मुख भएको छ ।
हिजो दलाई लामाको ९१ औं जन्मोत्सव स्वयम्भुको नाम्ग्याल स्कूलमा भव्य रुपमा प्रहरीको सुरक्षा घेराभित्र मनाइएको छ । हिजो विहान चीन विरोधी अभियान सञ्चालन गरी स्वतन्त्र तिब्बत राष्ट्र बनाउने अभियान्ताहरुले राजधानी काठमाडौंमै खुलेआम भव्य कार्यक्रम गरेपछि छिमेकी राष्ट्र चीन स्तब्ध हुन पुगेको रुपमा हेरिएको छ ।
सरकारले चीन विरोधी फ्रि तिब्बत अभियानलाई दिएको अघोषित समर्थनका कारण परिस्थिति नेपाली सेनाले सोचेभन्दा सरकारको काम कारवाहीहरु धेरै फरक हुँदै गइरहेको छ । हिजो दलाई लामाको जन्मोत्सव भव्य रुपमा मनाइएको छ । काठमाडौंको स्वयम्भु क्षेत्रमा हिजो विहान ६ बजेदेखि नै प्रहरीहरु तैनाथ गरिएको थियो । त्यसको कारण फ्रि तिब्बत सम्बन्धी कार्यक्रम भएको सडकमा खटिएका प्रहरी सुरक्षाकर्मीहरुले बताए ।

६ जुलाई दलाई लामाको जन्मोत्सव हो । जुन नेपाल र भारतमा भव्य रुपमा मनाइएको छ । नेपालमा यसअघि दलाल लामाको बार्षिकोत्सव मनाउन दिइएको थिएन । काठमाडौंमा भव्य कार्यक्रम सहित दलाई लामाको ९१ औं बार्षिकोत्सव भव्य रुपमा मनाइएको हो ।
स्थानीयबासीहरुका अनुसार हिजो ठूलो भर्याङको भित्री बाटोसम्म सयौं प्रहरीहरु तैनाथ गरिएको थियो । प्रहरीहरुले तिब्बतीहरुलाई कुनै अवरोध नहोस् भन्ने उद्देश्यले परिचालन गरिएको बुझिएको छ ।
उता, गृहमन्त्री सुदन गुरुङ भने हिजो दक्षिणतर्फको सीमा नाका अध्ययन गर्न गएका थिए । जिम्मेवारी लिनुपर्ने डरले गुरुङ सीमा नाकातिर गएको भएपनि यसको भित्री उद्देश्य दलाई लामाको जन्मोत्सव भव्यतापूर्वक मनाउन दिने भित्री आशय रहेको देखिन आएको छ ।

नेपालको उत्तरतर्फको छिमेकी राष्ट्रले चीन फ्रि तिब्बत सम्बन्धी गतिविधिलाई रोक्न माग गर्दैै आइरहको सन्दर्भमा खुलेआम राजधानी काठमाडौंमा दर्लाइ लामाको बार्षिकोत्सव भव्य रुपमा मनाउनुलाई राष्ट्रियतामाथिको गम्भिर खतराको रुपमा हेरिएको छ ।
यसको असर अब नेपाली सेनामाथि पर्ने निश्चितछ । हालसम्म नेपाली सेनाले ब्याकअप दिएको विश्वास गरिएको सरकारबाट सेनालाई नै अप्ठेरो पार्ने काम भएपछि अब के होला कुटनीतिक वृत्तिमा चासो र प्रश्न दुवै उठेको छ ।
तस्विरहरुः सुवास श्रेष्ठ, रोयटर्स र नेपाल फोटो लाईब्रेरी











