अर्थ मन्त्रालयमा जिम्मेवारी हेरफेर, भन्सार र आन्तरिक राजश्व विभागले पाए नयाँ महानिर्देशक

२३ असार २०८३, मंगलवार १०:१९

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण राजस्व प्रशासनसँग सम्बन्धित निकायले नयाँ नेतृत्व पाएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल र आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्।

यससँगै भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ। भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, आन्तरिक राजश्व विभागका महानिर्देशक रमेश अर्याल पनि अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन्।

नयाँ जिम्मेवारी पाएका यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव हुन्। मन्त्रालयमा सरुवा भएसँगै उनीहरूलाई राजस्व प्रशासनका प्रमुख जिम्मेवारीमा खटाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*