सुनचाँदीको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
२३ असार २०८३, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ५५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।











