ट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन
२३ असार २०८३, मंगलवार ११:१३

काठमाडौं । काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मापसे गरी सवारी चलाउने ५९ जना, अफलाइन राइड शेयरिङ गने १०६ जना, रातो बत्तीमा ११४ जना, ओभर स्पीडमा १०९ जना, लेनमा १४७ जना, सडक फुटपाथमा पार्किङ गर्ने १४० जना, नो हर्नमा ८० जना, एकतर्फी बाटोमा ६६ जना र अन्यमा १ हजार १७० जना चालक कारवाहीमा परेका हुन्।











