स्वास्थ्यकर्मीमाथि राज्यको धरपकड, मन्त्रीको राजीनामा माग्दा पक्राउ
२३ असार २०८३, मंगलवार १३:२६

काठमाडौं । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारीलाई राज्यले धरपकड गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हिजो सोमबार साँझ साढे ७ बजे जनकपुरबाट पक्राउ गरेको हो। उनको पक्राउपछि मन्त्रीको आलोचना गरेको र राजीनामा मागेकै आधारमा पक्राउ गरिएको भन्दै तीव्र विरोध भएको छ।
हेल्थ असिस्टेन्टको रूपमा कार्यरत उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको कामको आलोचना गर्दै राजीनामा माग गरेका थिए। बोलेकै भरमा पक्राउ गरिएको भन्दै यसको विरोध भइरहेको हो।











