काठमाडौंस्थित जर्मन दूतावासमा रोजगारीको अवसर, कसरी दिने आवेदन?

२३ असार २०८३, मंगलवार १४:१६

काठमाडौं । काठमाडौंस्थित जर्मनीको संघीय गणतन्त्रको दूतावासले राजदूतावासका लागि रेसिडेन्स म्यानेजर (आवास प्रबन्धक)/हाउसकिपर (गृहकर्मी) पदमा कर्मचारी माग गरेको छ।

उक्त पदमा नियुक्त हुने व्यक्तिले राजदूत निवासको दैनिक सञ्चालन व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार, अतिथि सत्कार, औपचारिक कार्यक्रमको तयारी तथा व्यवस्थापन, भान्सा तथा खाद्य सामग्रीको स्वच्छता, आधिकारिक सामग्रीको अभिलेख राख्ने, हेरचाह तथा बाह्य सेवा प्रदायकसँग समन्वय गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख छ।

आवेदकसँग अंग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न जान्ने हुनुपर्नेछ। होटल वा आतिथ्य सेवासम्बन्धी तालिम वा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने दूतावासले जनाएको छ। साथै उत्कृष्ट सेवा भावना, सञ्चार तथा प्रस्तुतीकरण क्षमता, समूहमा मिलेर काम गर्न सक्ने स्वभाव र सकारात्मक कार्यशैली आवश्यक रहने जनाइएको छ।

यो पूर्णकालीन (फुल–टाइम) रोजगारी हुनेछ। यसमा नेपाको कानुनअनुसार नियुक्ति गरिनेछ भने सातामा ४० घण्टा, सोमबारदेखि शुक्रबारसम्म काम गर्नुपर्नेछ। कर्मचारीलाई वार्षिक २० कार्यदिन बिदा उपलब्ध हुनेछ भने परीक्षणकाल ६ महिनाको रहनेछ।

अन्तिम छनोटमा परेका उम्मेदवारले दूतावासले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्नेछ। साथै पृष्ठभूमि तथा सुरक्षा जाँच पनि गरिनेछ। नेपाली नागरिक नभएका उम्मेदवारले नियुक्तिको समयसम्म वैध बसोबास तथा कार्य अनुमति (वर्क परमिट) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारले आफ्नो अंग्रेजी भाषामा तयार गरिएको संक्षिप्त प्रेरणा पत्र (मोटिभेशन लेटर) र बायोडाटा (सीभी) [email protected] इमेलमार्फत मा जुलाई १५ अर्थात् असार ३१ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। छनोटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने दूतावासले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*