आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
२३ असार २०८३, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजा रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन ३५२ सूचीकृत कम्पनीहरूको ९ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक किनबेच भएको छ। आज १०% केबीएल डिबेन्चर २०९० को ऋणपत्र सर्वाधिक कारोबार भएको छ।
त्यसपछि १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३, ग्लोबल आइएमई बैंक लिमिटेड, गरिमा डिबेन्चर २०८५, कर्पाेरेट डेभलपमेन्ट बैंक, १०.५०% एभरेष्ट बैंक डिबेन्चर २०८५, आँखुखोला जलविद्युत, रिलायन्स स्पिनिङ्ग मिल्स, नबिल बैंक र सिटी होटलको शेयर सर्वाधिक कारोबार भएको छ।












