सभामुखको अपहेलना कस्ले गरेर प्रतिनिधि सभा भयो स्थगित ?

२४ असार २०८३, बुधबार १२:००

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख र सभाको अपहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले सभामुख र सभाको अपहेलना भएको बताएका हुन्।

साथै उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

एमाले सांसद राईले ’तपाईंले कान सुन्नु हुन्छ कि हुन्न’ भनेर प्रश्न सोधेका थिए। त्यसपछि सभामुख अर्यालले सभामुख र सभाको अपहेलना भएको भन्दै राईलाई बोल्न समय नदिने बताएका थिए।

एमाले सांसद राई उठिरहेका थिए, सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए। तीन पटक बोलाउँदा पनि सांसद तामाङ बोल्न उठेका थिएनन्।

यसबीच सभामुखले अर्का सांसदलाई बोल्न दिएको भन्दै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए।

सभामुख अर्यालले एमाले सांसद राईप्रति लक्ष्य गर्दै सांसदले बोल्ने क्रममा ’जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ यस विषयमा ध्यानाकर्षण भएको’ बताएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*