सलिकोमा चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग
२४ असार २०८३, बुधबार १४:३१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सहायक प्रबन्धक वा उपप्रबन्धक तहमा एक जना कर्मचारी काठमाडौंस्थित कर्पोरेट कार्यालयका लागि माग गरेको हो।
आवेदकले आईक्यान वा आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै लेखा, वित्त, अडिट, कर, जोखिम व्यवस्थापन वा अनुपालन क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव आवश्यक रहेको कम्पनीले जनाएको छ। निर्जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारले बायोडाटा, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र, आईक्यान/आईसीएआई सदस्यता प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ असार ३२ गते तोकिएको छ।












