अन्ततः गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति

२४ असार २०८३, बुधबार १७:२२

काठमाडौं । सुदूरपश्चिमको कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न अन्ततः सरकारले स्वीकृति प्रदान गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो।

उक्त स्वीकृति पाएसँगै सुदूरपश्चिम विकासका लागि एउटा ढोका खुलेको रूपमा हेरिएको छ। सुदूरपश्चिमका जनताहरूले लामो समयदेखि गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न माग गर्दै आएका थिए भने यसका लागि समयसमयमा चरणवद्ध रूपमा आन्दोलन समेत भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*