विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

२४ असार २०८३, बुधबार १७:४४

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजालासले पाँथ दिन म्याद थप गरेको हो। उनलाई गत ८ गते सुर्खेतबाट पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान भइरहेको छ।

विष्णु पौडेललाई गैरकानूनी तवरणले पक्राउ गरेर थुनामा राखिएको भन्दै उनलाई थुनामुक्त गर्नका लागि पौडेलकी पत्नीले सर्वाेच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*