लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

२५ असार २०८३, बिहीबार १०:२०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्।

बैंकको असार २४ गते अपरान्ह ३ बजेदेखि शुरू भई साँझ ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा चिफ बिजनेश अफिसर हुन्।

आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओमा नियुक्त गरिएको बैंकका कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*