एकैदिन ट्राफिक कारवाहीबाट साढे १८ लाख जरिवाना संकलन

२५ असार २०८३, बिहीबार १०:३९

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म गरिएको चौबीस घण्टे ट्राफिक कारवाहीबाट १८ लाख ६० हजार ३० रुपैयाँ जरिवाना संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २ हजार ६६ जना चालकलाई कारवाही गर्दा उक्त जरिवाना उठेको हो। मापसेमा ६५, राइड शेयरिङमा १२२, रेड लाइटमा १२०, ओभर स्पीडमा ११४, लेनमा १४२, फुटपाथमा १०३, नो हर्नमा ७४, वन वेमाम ८९ र अन्यमा १ हजार २३७ जना चालक कारवाहीमा परेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*