बल्खुमा यात्रुलाई हैरानी दिने १७ जना बिचौलिया पक्राउ

२५ असार २०८३, बिहीबार १३:३५

काठमाडौं । सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जना बिचौलियालाई बुधबार पक्राउ गरेको छ।

विगत लामो समय देखि बल्खु एरियामा हिंडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरेको हो।

पक्राउ परेका १७ जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। बल्खु एरियामा खासगरी हेटौंडातर्फ जाने सुमो पार्क रहेको छ। त्यहाँ वरपर हिंड्ने सर्वसाधारणलाई बिचौलियाहरूले जबरजस्ती गाडीमा हाल्ने, झोलाहरू तान्ने कार्य गर्दै आएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*