नेप्से घटेपनि यी कम्पनीका लगानीकर्ता मालामाल

२५ असार २०८३, बिहीबार १५:१५

काठमाडौं । आज बिहीबार नेप्से भारी अंकले घटेको छ। नेप्से खुलेको सुरुवातमा केही बढेको भए तापनि त्यसपछि लगातार गिरावट आएको देखिएको छ।

आज २२९ कम्पनीको शेयरमूल्य राताम्मे बन्दा ४२ कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली छाएको छ। आज उपकार लघुवित्तको १२.६८ प्रतिशत र स्नो रिभर्सको ११.७६ प्रतिशतले शेयरमूल्य बढेको छ।

त्यसपछि १०.१५% प्राइम डिबेन्चर २०८४, कुमारी सबल योजना, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा ग्रोथ फण्ड, एनआईबिएल स्टेबल फण्ड, १०.२५% एनआईसी एशिया डिबेन्चर २०८३/८४, त्रिशुली जलविद्युत कम्पनी र सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*