आत्मदाह गरेका आश्विन राउतको निधन
२७ असार २०८३, शनिबार १८:०१

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष ९आईसीयू० मा राखेर उपचार गरिएको थियो ।
उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।











