बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
२८ असार २०८३, आईतवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४७५ रुपैयाँमा किनबेच भइरहेको हो ।











