बाढी पसेपछि कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटीको होल्डिङ सेन्टरमा स्थानान्तरण
२८ असार २०८३, आईतवार १५:३७

काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ८९ जना सुकुम्बासीलाई खरिपाटी सारिएको हो। केही सुकुम्बासीलाई भक्तपुरको बोडेमा सारिएको छ। सरकारले सुकुम्बासी बस्ती हटाएको तर व्यवस्थापन गर्न नसकेको भनेर चर्काे आलोचनाका साथै आन्दोलन समेत हुँदै आएको छ।











